गोस्वारा

वि. [फा. गोशवारा]

  1. एउटै समूह वा समष्टिका रूपमा रहेको, गाभिएको वा मिलेको; सगोल; साझा (गोस्वारा दर्ता, गोस्वारा लगत इ.)।
  2. प्रमुख; मुख्य; प्रथम तहको (गोस्वारा हुलाक, गोस्वारा भाउचर आदि)।
  3. पहिलेपहिले बडाहाकिम बस्ने र जिल्लाभरको शान्ति-सुरक्षासम्बन्धी काम गर्ने प्रशासनिक अड्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)