ग्रास

ना. [सं.]

  1. खाँदाखेरि एक पटकमा मुखमा हालिनेजति भोज्य वस्तु; गाँस; बुजो।
  2. निल्ने काम।
  3. समात्ने वा पक्रने काम; ग्रहण।
  4. ग्रस्त अंशको दृष्टिबाट भनिने, चन्द्र वा सूर्यको ग्रहणको स्थिति (खण्डग्रास, खग्रास, सर्वग्रास आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)