घटस्थापना

ना. [सं.]

  1. नौ दिनसम्म दुर्गाको पूजा गर्नका लागि आश्विन शुक्ल प्रतिपदाका दिन घट (कलश) स्थापना गर्ने काम।
  2. कुनै पनि धार्मिक क्रिया वा देवदेवीका पूजाको आयोजनामा विधिपूर्वक गरिने, पानी भरिएको घडाको स्थापना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)