घात
ना. [सं.]
- हातहतियारले कसैलाई मार्नेपिट्ने काम; चोट; प्रहार; आघात; हत्या; वध।
- धक्का; ठक्कर।
- खराबी; अहित।
- गणितमा कुनै सङ्ख्याले त्यसै सङ्ख्यालाई गुन्ने क्रिया वा त्यसबाट निस्कने गुणनफल।
- जिउ छाड्ने चाल; हत्तेहलाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)