घान

ना. [सं. घन]

  1. एक पटकमा भुटिने, कुटिने, पोलिने, पकाइने वा सुकाइने अन्न आदि वस्तुको मात्रा।
  2. एक पटकमा कुनै काममा लगाइने, पठाइने आदि वस्तु वा मानिसको समूह।
  3. कुनै हुलमुलमा परेर भएको पक्राउ वा सजाय।
  4. आइपरेको कुनै काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)