घुँगुरा
ना.
- हल्लाउँदा छमछम आवाज आउने, सानासाना घण्टी जडिएको, गोडामा बाँधिने, एक प्रकारको गहना; चाँप; घुङुरा।
- फलफूलका लहराको नङ्ग्रा।
- कपाल आदिमा पर्ने मुन्द्रा।
- दुर्गम स्थानमा जाने हुलाकीका लट्ठीमा जडिएको छर्ल्याङछर्ल्याङ गर्ने वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)