घुम्टो
ना. [सं. गुण्ठ]
- प्रायः विवाहित स्त्रीहरूले मर्यादाका निम्ति कपाल छोप्ने पछ्यौरा; कपाल ढाक्ने पछ्यौरी वा सारीको फेर; छोपो घुम्टी।
- आमा, बाबु आदि आत्मीय जन मर्दा पर्ने संस्कार-कर्मअनुसारको आशौच वा जुठो।
- आकाशमा थपिँदै वा धुम्मिँदै गएको बादलको अंश। (उदा.- हिमालमाथि बादलले भर्खरै घुम्टो हालेको थियो।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)