घोडो

ना. [सं. घोटक]

  1. चार खुट्टामा नफाटेका खुर हुने, गर्धनमा लामा लामा भुत्ला हुने, सवारीको काममा आउने तथा मालसामान बोकाउन र गाडीमा जोत्नसमेत हुने प्रसिद्ध घरपाला पशु।
  2. बन्दुकको गोली चलाउँदा खिचिने एक पुर्जा।
  3. बुद्धिचालको खेलमा चालिने एक गोटी। स्त्री. घोडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)