ङ
- देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पाँचौँ व्यञ्जनवर्ण; कण्ठ र नासिका स्थानबाट उच्चारण हुने सघोष, अल्पप्राण, अनुनासिक व्यञ्जनवर्ण; कवर्गको अन्तिम तथा पाँचौँ वर्ण; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; नाकथोप्ली ङ।
- लेखाइका क्रममा विषयको वर्गीकरण वा विभाजन-उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक पाँचौँ चिह्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)