चँदुवा

ना. [सं. चन्द्रक वा चन्द्रा, हि. चँदवा]

  1. कुनै धार्मिक संस्कार गर्नाका लागि तयार गरिएको यज्ञमण्डप वा जग्गेका माथि चारै सुरमा बाँस आदिका माथिल्ला भागमा धागो वा डोरीद्वारा बाँधी हावामा हल्लिने गरी माझमा टाँगिने झल्लर भएको वा नभएको चौकुने कपडा; देवमण्डप, पूजाकक्ष, राजसिंहासन वा अन्य कुनै विशिष्ट आसन वा मठ-मण्डपमाथि छतजस्तो गरी टाँगिने झल्लरदार कपडा वा सुनचाँदी आदिबाट बनेको झुलजस्तो वितान; वितान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)