चउर
ना. [सं. चत्वर]
- खनजोत नगरी त्यसै रहेको वा छोडिएको दुबो वा ससाना घाँसपात उम्रने, केही रुखबिरुवा वा पोथ्रा बिच-बिचमा र किनारमा भए पनि प्रायः खुला रहने, सार्वजनिक रूपमा प्रयोग गरिने समथरिलो फराक जमिन; गौचर; चौर।
- कसैको भूस्वामित्व भए पनि खनजोत नगरिएको र खेतीपाती नलगाई त्यसै रहेको वा छाडिएको दुबो र ससाना घाँस उम्रने खुला र समथरिलो जमिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)