चकचक
ना. [फा. चख]
- कुनै काम-कुरामा पनि एकाग्र वा केन्द्रित नभई चाहिँदो वा नचाहिँदो गरिहाल्ने र तत्कालै त्यसलाई चटक्कै बिर्सी, छोडी फेरि अर्को हुँदोनहुँदो कामकुरा गर्ने तथा सानोठुलो ओर्याइँबिर्याइँसमेत गर्ने बालसुलभ छाँटा; चञ्चलता; चपलता; छुकछुक; चुलबुल; छुलबुल (उदा. - यो केटो त कति चकचक गरिरहन्छ हँ! एक छिन धैर्य गरेर बस्नु भनेको छँदै छैन!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)