चक्र
ना. [सं.]
- विष्णुको बाटुलो आकारको एक अस्त्र।
- माटाका भाँडा बनाउने बाटुलो साधन।
- गोलो घेरो, मण्डल।
- हठयोगअनुसार शरीरभित्रका मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहत, विशुद्धि, आज्ञा, ब्रह्मरन्ध्र आदि काल्पनिक छ वा त्यसभन्दा बढी स्थान।
- गाडी, मोटर आदिको गुड्ने गोलो वस्तु; पाङ्ग्रो; चक्का।
- राज्य; एकाधिपत्य।
- हातका औँलाको नङको उल्टापट्टि देखिने घुमुर्किएको रेखा।
- दल; समुच्चय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)