चक्षुदान

ना.

  1. प्राणप्रतिष्ठा दिने बेलामा मूर्तिका आँखामा भरिने रङ।
  2. औषधोपचारद्वारा आँखाका खराबी, रोग आदिलाई ठिक पार्ने कार्य।
  3. आफ्नो मृत्युपछि आँखा नदेख्ने अन्य कसैलाई आफ्ना आँखा दिनका निम्ति जीवन छँदै कबुल गरी दिइने आँखा; आँखाको दान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)