चट्ट
क्रि.वि. [अ. मू. चट्+ट]
- चाँडोचाँडो हुने गरी; तुरुन्तै; शीघ्रतासाथ।
- सरक्क; नबिग्रने वा नखलबलिने गरी, टपक्क।
- कुनै कुरो एकै खेपमा छिन्ने वा फाट्ने गरी।
- खुल्ने गरी; चिटिक्क।
- सुहाउँदो; मिलेको; ठिक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)