चन्द्रग्रहण
ना.
- चन्द्रमामा लाग्ने ग्रहण; राहुग्रस्त हुँदा चन्द्रमामा पर्ने आंशिक वा पूर्ण कालो टाटो।
- सूर्यको प्रकाश छेकिने गरी पृथ्वीको छाया चन्द्रमाका बिम्बमा परी आंशिक रूपमा वा पुरै चन्द्रमा नदेखिने हुने स्थिति; त्यस स्थितिमा चन्द्रमामा देखिने कालो भाग वा टाटो।
- हठयोगअन्तर्गत प्राण इडा नाडीद्वारा कुण्डलिनीमा पुगेको अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)