चारखाल
ना.
- चारैतिर भवन भई बिचमा चोक वा चौर भएको ठाउँ।
- पहिले प्रमुख जिल्ला अधिकारीको कार्यालय, भूमिसुधार कार्यालय तथा विशेषतः जिल्ला अदालत आदि रहेको, काठमाडौँको डिल्लीबजारस्थित चारैतिर भवन भई बिचमा चोक रहेको एक प्रसिद्ध स्थान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)