चित्रकाव्य

ना.

  1. व्यङ्ग्यार्थको अभाव भई वाच्यार्थकै मात्र सत्ता भएको अलङ्कारप्रधान एक अवर वा अधम मानिएको काव्य जसका 'शब्दचित्र' र 'अर्थचित्र' गरी जम्मा दुई भेद हुन्छन्।
  2. कुनै एक चित्रको पृष्ठाधारमा लेखिएको चमत्कारपूर्ण कविता। (उदा. - खड्गबन्ध, पद्मबन्ध, चक्रबन्ध, गोमूत्रिकाबन्ध, सर्वतोभद्र इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)