चिलाउनु
अ.क्रि. [चिल्+आउ+नु]
- शरीरको छाला सकसकाएर वा रगरगाएर असजिलो अनुभव हुनु; त्यसरी असजिलो अनुभव हुँदा नङ आदिले कनाउन मन लाग्नु; चिलचिलाउनु।
- खर्च गरिहालूँ भन्ने इच्छा हुनु; खर्च गर्ने इच्छा जागेर आउनु (जस्तो- हात चिलाउनु, पैसा चिलाउनु इ.)।
- पिट्न मन लाग्नु (जस्तो-हत्केला चिलाउनु)।
- यौनलिप्सा हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)