चुकुल
ना. [नेवा. चुकू]
- कुनै वस्तुलाई प्वालमा हाल्दा खाली रहेका भागमा दह्रो र कसिलोसँग ठोकिने काठ।
- झ्यालढोका आदि नखोलिने पार्न भित्रपट्टिबाट जडेर लगाइने साधन।
- प्वाल परेका ठाउँमा टाल्न ठोकिने काठको टुक्रो; प्वाल टाल्ने वस्तु; ठिँड्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)