चेत
ना. [सं.]
- प्राणीमा रहेको चेतनशक्ति; चैतन्य; होस।
- राम्रोनराम्रो छुट्ट्याउन सकिने र विषयवस्तुको गुण थाहा पाइने ज्ञान; बोध।
- पहिले अनुभव गरिएका कुरालाई पछि फेरि जस्ताको तस्तै प्रतिबिम्ब खिच्न सक्ने शक्ति; स्मरण; स्मृति।
- मन; चित्त; हृदय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)