छचल्को
ना. [अ.मू. छल् (द्वि.)+को]
- गाग्रा आदिको आधा पानी ठक्कर लाग्दा उछिट्टिने क्रिया वा गति; छचल्किने काम; उद्वेलन; छोत्ल्याक-छोत्ल्याक।
- उक्त क्रिया वा गतिबाट उत्पन्न ध्वनि।
- बिथोल्ने काम वा अवस्था; बिथोलो; गज्मौरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)