छत्तिस जात
ना.
- जयस्थिति मल्ल राजाले वर्ण नछुट्टिएका समाजलाई कामका आधारमा विभाजन गरिएका जातहरू- ज्यापू, बनी, मू (मुल्मी), दङ्ग (डङ्गोल), काहाभुजा, कुमाले, दली, बलहजी (बुल), नली, युङ्ग्वार, गौको (गौँ), चित्रकार(पुँ), भाट(भार), छिपा, नकर्मी(कौ), नाऊ, सर्मी(साल्मी), खौसा(खुसः), तिप्पा(तेपे), कल्थार, पुलपुल, कुना(कोना), गथु(गाथा), तत्ती, बल्ला, लमू, पिही, गौवा(ग्वाला), नन्दगौवा, बह्लमी,चेउ, आवा, पुःमां(भुस्याहा), सुवा, कोयेनासो र सुघाङ(रजक)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)