छत्री
ना. [सं. छत्र]
- कार्तिक शुक्ल एकादशीका दिन तुलसीका मठमाथि फूलमालाहरूद्वारा बनाइने छत्राकार सजावट।
- चोयाद्वारा आँखैआँखा पारेर बुनेको छाताको आकारजस्तो चित्रामा भोर्ला, साल, नेभारो आदिका पात छापिएको ओढो; बाटुलो घुम; छत्तरी।
- छाता ओढ्ने; छत्रधारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)