छर्रा
ना. [छार्र (द्वि.)+आ]
- बन्दुक पड्कँदा छरिएर जाने मिहिन गोली वा गोलीहरू।
- बन्दुक पड्काउने काममा आउने काँच, सिसा आदिका टुक्रा।
- बालुवा, बगर आदिमा रहने ढुङ्गा पिँधिएर गोलागोला बनेका गेडाहरू।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)