छाड्नु
स.क्रि. [प्रा. छड्ड+नु]
- त्याग गर्नु; छोड्नु।
- बन्धनबाट मुक्त गर्नु।
- खाने गरेको वस्तु खान बन्द गर्नु; गर्ने गरेको काम गर्न छाड्नु।
- छुट्टी दिनु; अवकाश दिनु।
- बसेको ठाउँ परिवर्तन गर्नु; सर्नु।
- प्राण त्याग्नु; मर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)