छाता
ना. [सं. छत्र]
- बाँस वा फलामका डन्डीमा आठ वा सोह्रवटा फलामका करङद्वारा वृत्ताकार बनाई वरिपरि कपडाले मोहोरिएको, घामपानीबाट जोगिनका लागि ओढिने साधन; घामपानी छल्ने ओढो; छत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)