छाप्रो
ना. [सं. छत्त्यर > प्रा. छप्पर]
- खर वा परालले छाएको सानोतिनो घर।
- वरिपरि सेउलाले बारेर सेउलाले नै छाएको सानो गोठ; घोचा गाडेर बलाहरू राखी त्यसमाथि सेउला र सेउलामाथि धुले पराल हालेर बनाइएको, बस्न हुने कुटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)