छाला
ना. [सं. छाल]
- शरीरको मासु, नसा आदिलाई ढाकेर रहेको र रोमकूपहरू भएको चाम्रो वस्तु; चर्म; त्वचा; खाला।
- रुख आदिको बोक्रो; लोकतो।
- जग्गा-जमिन; खेतीपाती; पुँजी (बाबुबाजेको छाला, पुर्खाको छाला इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)