छिचरो

वि. [सं. छित्वर]

  1. बिचबिचमा पङ्क्ति नमिलेको; बिचबिचमा छिद्र परेको (दाँत)।
  2. छिद्र परेका दाँत भएको (व्यक्ति)।
  3. मनमा लागेका कुरा धक नमानी बोल्ने; मुखको पचपचे; निर्लज्ज।
  4. मनमा लागेका कुरा पचपची बोल्ने मानिस। स्त्री. छिचरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)