छिन्नु

स.क्रि. [सं. क्षीण]

  1. कुनै कामकुराको टुङ्गो लाउनु; मुद्दामामिलाको अन्तिम निर्णय दिनु; सिद्ध्याउनु।
  2. बाँकीबक्यौता, ऋण आदिको हरहिसाब चुक्ता गर्नु; फर्छ्याउनु।
  3. वस्तुको कुनै अवयव टुक्रिनु; टुट्नु; चुँडिनु।
  4. बर्कत घट्नु; दुब्लाउनु; शारीरिक अवस्था कमजोर हुनु।
  5. घरव्यवहारको आर्थिक अवस्था गिर्नु; ऋणले सताउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)