छिप्पिनु
अ.क्रि. [सं. क्षीव+नु]
- फलफूल आदि कलिलो र कमलो अवस्था पार गरेर परिपक्व हुनु।
- कलिलो उमेरबाट प्रौढ अवस्थामा पुग्नु; उमेरदार हुनु।
- खस्रिनु; बाउँठिनु।
- पुरानो हुनु; धेरै समयको हुनु (रोग आदि)।
- ठेकीमा राखिएको दही, घैँटामा राखिएको जाँड आदि धेरै दिनको हुनु वा पुरानो बन्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)