छिर्के दाउ
ना.
- कुस्ती खेल्दा प्रतिद्वन्द्वीका खुट्टाका बिचमा आफ्नो खुट्टो छिराई लरबर पारेर लडाउने तरिका; छड्के दाउ; चोरीदाउ।
- अर्काको हानिनोक्सानी गर्ने नियतले थाहा नहुने गरी दुःख दिने वा चाल झिक्ने मौका; दुःख दिने नियतको जालझेल; मौकाबाजी; कूट खेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)