छुची
ना.
- बन्दुकका टोटा रहने ठाउँमा जोडिएको घोडाले ठक्कर खुवाउँदा बारुद वा टोटा भएको ठाउँमा जाने र सल्काउने किलोजस्तो अङ्ग।
- बोतल आदिका मुखमा राखिने फराकिलो मुख भएको र पिँधमा टुटी परेको सोली; कागे।
- दुई नदीका सङ्गमका बिचमा पर्ने तीनचोसे सोतो जमिन; दोभानका माझमा पर्ने बगरको सोतो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)