छेर्नु
अ.क्रि. [सं. क्षरण]
- अपच भएर वा कुनै बिरामीका कारणले पातलो दिसा लाग्नु; तरल दिसा हुनु।
- डराउनु; दुरदुहाई हुनु।
- कसैको मालधन पहिले लिएर पचाउन नसकी फिर्ता गर्नु; पचाउन कोसिस गरे पनि नसक्नु; फिर्ता गर्नु।
- काबु हुनु; विवश हुनु; लुरुक्क पर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)