छैटी

ना. [सं. षष्ठिका]

  1. बालक जन्मेको छैटौँ दिनको रातमा गरिने उत्सव वा कर्म; त्यसै दिन गरिने षष्टिका देवीको पूजा।
  2. छैटौँ दिनको रात्रि; बालकको भाग्य भावीले त्यसै दिन लेख्छ भन्ने परम्पराअनुसार रातभर बालकका नजिकै बत्ती बालिने कार्य।
  3. सनातनी सम्प्रदायका सोह्र संस्कारमध्ये नामकरण संस्कार र जातकर्म संस्कारका बिचको एक अतिरिक्त संस्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)