जकड्नु

स.क्रि. [सं. जक्षट+नु]

  1. खुब कसेर बाँध्नु; बेसरी कस्नु वा बाँध्नु।
  2. जोडसित अँठ्याउनु; पक्रनु।
  3. ग्रस्त पार्नु; धड्नु (रोग आदिले)।
  4. चलहल गर्न नसक्ने गरी रोक्नु वा अड्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)