जगद्गुरु
ना. [सं. जगत्+गुरु]
- परमेश्वर।
- महादेव; शिव।
- नारद।
- सबैले गुरुसमान पूज्य मानेका व्यक्ति वा कुनै धार्मिक सम्प्रदायका प्रवर्तक।
- शङ्कराचार्य वा उनका गद्दीका उत्तराधिकारी महन्तको उपाधि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)