जगाउनु

स.क्रि.

  1. बिउँझाउनु; निद्रा भगाउनु।
  2. कुनै परिस्थिति वा अवस्थाप्रति सचेत गराउनु; जागरुक बनाउनु।
  3. बिउँताउनु; होसमा ल्याउनु।
  4. धामीझाँक्रीद्वारा तन्त्रमन्त्रका बलले भूत, प्रेत, मसान आदि प्रत्यक्ष वा सक्रिय गराउनु।
  5. जोसमा ल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)