जगात

ना. [अ. जकात]

  1. कुनै वस्तु निकासीपैठारी गर्दा तिर्नुपर्ने महसुल; कर; दस्तुर।
  2. गठेमङ्गलका दिन भूतप्रेतको बाधा शान्त पार्नका निम्ति ठाउँठाउँमा डोरी, तगारा आदिले बाटो छेकेर आवतजावत गर्नेहरूसँग मागिने पैसा वा चन्दा।
  3. महसुल लिने चौकी वा गौँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)