जङ्गम
वि. [सं.]
- स्थावर वा अचर वस्तुको विपरीत स्वभाव भएको; हिँडडुल गर्ने; गतिशील; चर।
- एक ठाउँबाट अर्को ठाउँमा सार्न वा लग्न सकिने।
- चलायमान वस्तु।
- वीर शैव मतका लिङ्गायत ब्राह्मण; नेपालमा बसोवास गर्ने अनेक थरी ब्राह्मणहरूमा एक थरी ब्राह्मणहरूको थर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)