जनजाति
ना. [सं.]
- आफ्नै भाषा, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज भएका र कुनै निश्चित क्षेत्रमा बसोबास गर्ने ज्ञान-विज्ञानका हिसाबले केही पछि परेको पछौटे जाति।
- सिकार खेली जीविका चलाउने आदिम जातिको समुदाय।
- आदिवासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)