जयपत्र
ना. [सं.]
- प्राचीन कालमा कुनै दुई देशको युद्ध हुँदा हार्ने पक्षका राजा वा उच्च शासकले जित्ने पक्षलाई आफ्नो हार स्वीकार गरी लेखिदिएको पत्र; पराजित पक्षले लेखिदिने जितापत्र।
- अश्वमेधका घोडाका टाउकामा टाँसिने पत्र; विजयपत्र।
- अदालतद्वारा दिइएको जितबाजीको फैसला; जितापत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)