जल्नु

अ.क्रि. [सं. ज्वल+नु]

  1. कुनै वस्तु आगोले टिपेर सल्कनु; डढ्नु; बल्नु।
  2. कसैप्रति मनमा रिसइबी रहनु; अर्काको उन्नति सहन नसकेर डाह हुनु; असह्य हुनु।
  3. घाउखटिरा आदिमा पीडा हुनु; डहनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)