जातक
ना. [सं.]
- भर्खर जन्मेको बालक; नवजात शिशु।
- हिन्दुहरूका सोह्र संस्कारमध्ये नवजात बालकको संस्कार; जातकर्म।
- नवजात शिशुको शुभाशुभ फल बताउने, फलित ज्योतिषको एक अङ्ग।
- बुद्धका पूर्वजन्मका कथाहरू लेखिएको ग्रन्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)