जाल

ना. [सं.]

  1. प्वालैप्वाल हुने गरी धागो, तार आदिबाट बुनेको वस्तु।
  2. चरा, माछा आदि अल्झाउने पासो।
  3. माकुराको गुँड; जालो।
  4. आँखाका नानीमा लाग्ने सेतो पर्दा।
  5. चटक; जादु।
  6. घरमा प्रकाश वा हावा छिर्न बनाइएको वास्तुशिल्प; वातायन; झ्याल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)