जिङ्ग्रिङ्ग/जिङ्ङ्रिङ्ङ
क्रि.वि. [अ. मू. जिङ्ग्रिङ्+ग/ङ]
- कोरीबाटी नगर्नाले खजमजिएको कपाल नराम्रो देखिए झैँ।
- मलजल नपाएको बिरुवा छिप्पिएर रुखो, जर्रो भए जस्तै गरी।
- दुब्लाएर शरीरको हाडछाला मात्र बाँकी रहे झैँ भईकन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)