जिन्दगी

ना. [फा.]

  1. जन्मदेखि मृत्युसम्मको समय; बाँचुन्जेलको समय; जीवनकाल; जीवन; जिन्दगानी।
  2. जन्मेर नमरुन्जेलको बाँच्ने पद्धति वा प्रणाली; बचाइ; प्राणयापन।
  3. प्राणीको प्राण रहेसम्मको शरीर; चोला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)