जिन्दाबाद

वि.बो. [फा. जिन्द+अ. आबाद]

  1. बाँचिरहोस् वा बाँचिरहून्, अमर रहोस् वा अमर रहून्, पृथ्वीलाई धेरै दिनसम्म सुशोभित पारोस् वा पारून् भन्ने आशयको नारा।
  2. कुनै व्यक्ति, संस्था वा प्रथा आदि धेरै कालसम्म बाँचोस् वा टिकोस् भनी नारा लगाउँदा प्रयोग गरिने शब्द; जय; जयजय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)