जिम्बु
ना. [भो. ब.]
- लामालामा, मसिना पात र गन्धे झारका झैँ थुँगा परेका प्याजी रङका फूल हुने, गुन्द्रुक जस्तै देखिने, घिउतेलमा फुराएर दाल, तरकारी आदि झान्ने काममा प्रयोग गरिने वनस्पति; आयुर्वेदका अनुसार कफ, वायु शमन गर्ने र हृदयलाई हित गर्ने सोही बुटी; जिम्मु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)